२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कम्युनिस्ट पार्टीका संस्थापक नेता जोशीको प्रतिमा अनावरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रतिष्ठान भवन उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा भवनको उद्घाटन एवम् प्रतिमा अनावरण गरिएको हो ।

कम्युनिस्ट राजनीतिका अगुवा जोशीको सम्झनामा मध्यपुर ठिमि ४ शङ्खधर चोकमा प्रतिष्ठानको भवन र प्रतिमा निर्माण गरिएको नारायण विलास जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका कम्युनिस्ट नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस