२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर विमला राईको तमासा बाहिरियो, निःशुल्क एम्बुलेन्स सेवा भन्दै विरामीसँग धमाधम पैसा असुली

खोटाङ । जेठको अन्तिम साता तामझाम गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याएको उद्घोष गर्दै एम्बुलेन्स सञ्चालनमा आएको थियो । जिल्लाबाट जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईलाई समेत बोलाएर सो सुविधा सम्पन्न एम्बुलेन्सको रिवन काटेर समन्वय प्रमुख र मेयरले उद्घाटन गर्नुभयो ।

उद्घाटनको क्रममा मन्तव्य दिंदै राईले गर्भवती र सुत्केरी नजिकैको स्वास्थ्य चौकीमा जानुहुन्छ सेवा लिन। त्यहाँ जाँदा होस या स्वास्थ्यकर्मीको रेफरमा उहाँहरुलाई बाहिर अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा दिने नगरपालिकाले निर्णय गरेको बताउनुभएको थियो ।

नगरपालिकाका नागरिकलाई निःशुल्क सेवा दिने भनेर घोषणा गर्नुभएकी मेयर राईको मन्तव्य केही दिनकै उदाङगो भएको छ। बाहुनीडाँडाकी एक महिलालाई ढाड सेक्ने गरि एम्बुलेन्सले पैसा लिएको खुलासा भएको छ। तामझामको तमासावाला कार्यक्रम गरेर निःशुल्क एम्वुलेन्स सेवा नगरका नागरिकलाई प्रदान गर्ने भनिएको केही हप्तामै एम्बुलेन्सले पैसा लिएको खुलेको हो ।

असार १२ गते अनिमाया राईलाई नगर अस्पताल बाहुनीडाँडा सिमलचौर हुँदै काठमाडौंसम्म लगेको २१ हजार १ सय रकम लिएको पाइएको छ।
विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भनेर घोषणा गरिएको नाटक बाहिरिएपछि अहिले नगरपालिका र नगरपालिकाकी मेयर राईमाथि प्रश्न चिन्ह खडा भएको छ। सामाजिक सञ्जालमा पनि गालीको वर्षा भइरहेको छ।

नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स ल्याइएको थियो । कूल २३ लाख ८७ हजार ५५० रुपैयाँ बजेट खर्च गरेर ल्याइएको एम्बुलेन्स नगरका ११ वटै वडाका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यता हल गर्न ल्याइएको बताइएको थियो । तर प्रतिस्पर्धात्मक बजारको भन्दापनि बढी भाडा लिइएको पाइएपछि स्थानीय आक्रोशित भएको छ ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस