२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीर अस्पतालमा एकसाथ २४५ नर्स पदस्थापन

काठमाडौं । स्वास्थ्य सेवामा आजबाट २९५ जना प्राविधिक जनशक्ति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई नियुक्तिपत्र बाँढेको छ।

मन्त्रालयका अनुसार कुल २९५ मध्ये २४५ जना नर्सलाई वीर अस्पतालमा पदस्थापन गरिएको छ। बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघिय अस्पतालमा खटाएको छ।

नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शय्याको आईसियू सञ्चालन गर्न सकेको छैन्। अब वीरको थप १० शय्या आईसियू चाँडै सञ्चालनमा आउने वीरका निर्देशक डा. सन्तोष पौडेलले बताउनुभयो।

आकस्मिक विभागमा पनि रेड जोन, एलो जोन र ग्रिन जोन छुट्याएर छिट्टै सेवा दिन सकिने डा. पौडेलले बताउनुभयो। नर्सिङ जनशक्ति थपिएपछि बन्द रहेका अप्रेसन थिएटरसमेत सञ्चालनमा आउने र वर्न वार्ड पनि चाँडै सञ्चालनको तयारी भइरहेको डा.पौडेलको भनाइ छ।

उहाँका अनुसार पछिल्ला वर्षमा यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नयाँ नियुक्त नर्सिङ जनशक्तिलाई कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो।

नर्सहरुको बोली व्यवहारले बिरामीको आधा रोग निको हुने भन्दै स्वास्थ्य संवेदनशीलता ख्याल गरेर काम गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,“नर्सिङ पेसा जागिर मात्र होइन मानवीय संवेदना जोडिएको हुन्छ। नर्सिङ जनशक्ति दोश्रो भगवान भएकाले गरिब र विपन्न बिरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नुपर्छ।”

यो जनशक्तिले वीरको उपचार सेवा सुधार हुने अपेक्षा गरिएको छ। नर्सिङ जनशक्तिलाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालयपछि नपर्ने मन्त्री बस्नेतले बताउनुभयो।

 

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस