२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चर्चित नेपाली रकगायक रविन तामाङको निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गर्नुभयो ।

अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताउनुभयो ।

‘अहिले पोस्टमार्टमका लागि टिचिङ लगिएको छ । यो खबरले गर्दा हामी मर्माहत भएका छौं’ उहाँले भन्नुभयो । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहनुभएका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त हुनुहुन्थ्यो ।

उहाँको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उहाँको योगदान उल्लेख्य मानिन्छ । उहाँको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस