२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दिलमान र यज्ञराजको जोडी सेमिफाइनलमा

काठमाडौं । दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।

मंगलबार भएको खेलमा दिलमान र यज्ञको जोडीले कर्ण थापा र एलबी साँवा लिम्बुको जोडीलाई २१–१९, १४–२१, २१–१४ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

यस्तै अकोृ खेलमा पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडीले पञ्चबहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभयो ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा राजेन्द्र कुमार राई र लिलबहादुर थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले स्थान बनाउनुभएको छ ।

मदन भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघ र नेकोस राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१–८, २१–९ ले हराउँदै सेमिफाइनलमा पुग्नुभएको छ ।

प्रतियोगिताको मंगलबार पूर्व प्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीगरी ६४ खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस