२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस महामन्त्रीले भने, भारतले प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डको बोली अति दु:खद

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताउनुभएको हो ।

 

तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उहाँले भन्नुभयो, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ ।’

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको मागबारे सोधिएको प्रश्नमा उहाँले प्रमुख प्रतिपक्षले माग राख्न पाउने बताउनुभयो । साथै उहाँले मिटरब्याजसम्बन्धी अध्यादेश पास हुने अवस्थाप्रति प्रमुख प्रतिपक्ष गम्भीर नभएको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस