२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

काठमाडौं । रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव सेवाग्राहीसँग ४० हजार पाँच हजार रुपियाँ घुस लिइसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो ।

यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी गर्ने कार्यको नापजाँच पश्चात् भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले पछ्याएको थियो ।

प्रकाशित मिति : २०८० असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस