२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँके कारागारमा कैदी झुन्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । नेपालगन्जस्थित बाँके कारागारमा एक जना कैदी शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार डाँका चोरी मुद्दामा अदालतद्वारा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएपछि सजाय भोग्दै आएका बाँके जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता भन्ने नीरज कुमार बानिया बिहीबार बिहान कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उहाँले जिल्ला अदालतले गत चैत २२ गते उनलाई सजाय सुनाए पनि फरार रहेकोमा प्रहरीले यही असार ५ गते पक्राउ गरेर कारागार पठाएको बताउनुभयो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे चार बजे शौचालय गएका बानिया धेरै बेरसम्म बाहिर ननिस्किएपछि ढोका फोडेर हेर्दा उनी तन्नाको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीले मृतकको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाउँदै सो घटना बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस