२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपतिनगर नाका तीन दिन शील

Pashupatinagar Naka

इलाम । आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो । जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस