२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पृथ्वीराज मार्गको अवरोध हट्यो

तनहुँ । पृथ्वीराज मार्गको दमौली–पोखरा खण्डमा भएको अवरोध हटेको छ । बुधवार साँझ ६ बजे म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बीचमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो हटाएर हाल एक तर्फी रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो । करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो । चार घण्टा ३५ मिनेट सम्म निरन्तर पहिरो हटाएपछि एकतर्फी सुचारु भएको र आज दिउँसो सम्ममा दुवैतर्फ खुलाउने गरी काम भइरहेको विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, ‘‘राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई अप्ठ्यारो परेकोले रातको समय भए पनि काम गरेर अवरोध हटाइएको छ ।’’

पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीसमेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी, कार्यालय बेल चौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटिई गएको, राजमार्ग सडक खुलाउनको लागि चाइनिज कन्स्ट्रक्सन, स्थानीय पालिका तथा अन्य मानिसहरू समेतको सहकार्यमा उक्त पहिरो हटाउने कार्य गरिएको हो ।

 

बुधवार वर्षा नभए पनि राजमार्ग फराकिलो बनाउन भित्तो खारिएकोले माटो कमजोर भएर सुख्या पहिरो खसेको प्रहरीले जनाएको छ । ठुला ठुला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने भएको छ । प्रहरी उपरीक्षक विष्टले भन्नुभयो ‘‘पहिरो हटाउने काम भइरहेको छ चाँडै नै दुई तर्फ दुवैतर्फ सरुचारु हुन्छ हाल एकतर्फी सञ्चालनमा आएको छ ।’’ अवरुद्ध हुँदा यात्रु अलपत्र परेका थिए । यातायात सुचारु भएपछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् ।

 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस