२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘गणतन्त्रकी पम्फादेवी’ भनेकोमा अमरेशविरुद्ध आरजुको गाली बेइज्जती मुद्दा

arzu rana deuba amresh kumar singh

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु देउवा राणाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेर विदेश भ्रमणमा निस्किएको खुलेको छ ।

जेठ २४ गते जिल्ला अदालतमा दायर भएको गाली बेइज्जती मुद्दाको सुनुवाई असार २४ गते अर्थात आगामी आइतबार हुँदैछ । अदालतले सांसद अमरेशलाई पनि बोलाएको छ ।

आफूलाई प्रतिनिधि सभामा गणतन्त्रकी पम्फादेवी भनेको तथा विभिन्न सन्चारमाध्यममा समेत भ्रष्टाचारी भनेर दिएका अन्तर्वार्ताका क्लिपसमेत संलग्न गरेर मानहानीको मुद्दा दायर गरिएको हो । उहाँले सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति माग गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस