२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको भानुभक्त मेमोरियल स्कुलले एसईईमा ल्यायो उत्कृष्ट नतिजा, खुशीयालीमा आइतबार बिदा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको (एसईई) माध्यमिक शिक्षा परीक्षाको नतिजामा काठमाडौंको पानीपोखरी स्थित भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट सामेल भएका परीक्षार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा आइतबार (असार २४ गते) खुशीयाली बिदा नै दिइएको विद्यालयका सहायक प्रिन्सिपल ज्ञानध्वज लामाले जानकारी दिनुभयो ।

भानुभक्त स्कुलबाट परीक्षा दिएका परीक्षार्थी मध्ये ५४ जनाले यो बर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म (ए प्लस) नतिजा ल्याएका छन् । जबकी यो संख्या देशभर नै जम्मा १७ हजार ५ सय ८० जना रहेका छन् ।

यसैगरी ६३ जनाले (ए) ३.२ देखि ३.६ जीपीएसम्म, १० जनाले बी प्लस (२.८ देखि ३.२ जीपीएसम्म) नतिजा ल्याएका छन् । यो नतिजा सर्वोत्कृष्ट, उत्कृष्ट र धेरै राम्रो सूचीमा रहेको गणना गरिन्छ । विद्यालयबाट परीक्षा दिएका २ जनाले भने डी ग्रेड ल्याएका छन् । एसईईमा ३५ प्रतिशत अंक नल्याए ‘नन ग्रेडिङ’ हुने व्यवस्था हुने व्यवस्था छ ।

यो विद्यालयबाट कुनैपनि विद्यार्थी ‘नन ग्रेडिङ’ मा परेनन् । यस विद्यालयमा विज्ञान र व्यावस्थापन तर्फ उच्च माध्यामिक तह (प्लस टू) पढाइ हुन्छ । दुबै संकायमा विद्यालयले भर्नाका लागि आजैदेखि आह्वान समेत गरेको छ ।

भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालय काठमाडौं उपत्यकाको एक अग्रणी विद्यालय हो । जुन काठमाडौंको पानीपोखरीमा रहेको जापानी राजदूतावासको अगाडि छ । यो सन् १९६७ मा आदिकवि स्वर्गीय भानुभक्त आचार्यको आशीर्वादको सम्झनामा स्थापित भएको स्कुल हो ।

नीजि सहकारी मोडलमा स्थापना भएको सार्वजनिक स्कुलहरुमा यो विद्यालय उत्कृष्ट स्थानमा पर्दछ । विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरिसकेको छ । २०३ औ भानु जयन्तीको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाएको थियो । यो बर्ष २१० औं भानु जयन्ती मनाइदैछ । यो एक सह–शैक्षिक र अंग्रेजी माध्यमको विद्यालय हो । विद्यालयसँगै क्याम्पस समेत रहेको छ । भानुभक्त मेमोरियलले स्नातकोत्तर तहसम्मको अध्ययन गराउन पाउने अनुमति पाएको छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस