२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटर गुल्सन झाले भने, एसईईको परीक्षा नै दिएको छैन कहाँबाट आयो होला ३.६ जीपीए !

Gulshan Jhaa

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि टिममा तीव्र गतिका किशोर बलर गुल्सन झा पहिलोपटक समावेश गरेको थियो ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टिममा गुल्सनले पहिलो पटक स्थान पाएका थिए । उनले पहिलो पटक नै चमत्कार देखाए ।

झा काठमाडौं मेयर्स कपका दौरान चर्चामा आएका बलर थिए । अन्तराष्ट्रिय म्याचमा समेत झाले आफ्नो क्षमता देखाए । मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पुलिसबाट फाइनलमा दोस्रो खेल खेल्दा १७ वर्षीय तीव्र गतिका बलर झाले ४ विकेट लिएका थिए।

नेपालको एसिया कपसम्मको यात्रामा गुल्सनको ठूलो योगदान रह्यो । सर्लाही मलगंवाका झाले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा मा ३.६जीपीए ल्याएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको छ । तर आज नेपाल फर्किएको क्षणमा विमानस्थलमा झाले आफूले एसईई नै नदिएको बताए । मात्र १७ बर्षका झा सानो उमेरमा विश्व क्रिकेटमा रेकर्ड बनाउने खेलाडी समेत हुन् ।

६.१ इञ्च अग्ला झा किशोर अवस्थामा नै युवा देखिन थालेका छन् । तर उनी अझै किशोर अवस्थामा नै छन् । झा भारतको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षणका लागि भर्ना भएका थिए। क्रिकेटक्रेजी बुबाले आफ्नै खर्चमा उनलाई एकेडेमीमा भर्ना गरिदिएका थिए। राँचीमा क्रिकेट सिक्दा उनले बलिङमा निखारता ल्याए। त्यहाँ क्रिकेट सिक्दा उनले स्थानीय प्रतियोगिता खेलेका थिए। एकेडेमीमा सिकेका धेरैले भारतका प्रतिष्ठित क्लबमा खेल्न थालेका छन् । उनी नेपाल आए । देशका लागि खेल्न थाले । – यसअघिको समाचार सच्याइएको छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस