२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’

तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको ओलीको भनाई थियो ।

उहाँले अघि भन्नुभयो, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’ भारतलाई समेत विवादमा तानेर आफ्नो स्वार्थ सिद्धी गर्न खोजेको भन्दै ओलीले भन्न्भयो, ‘यस प्रशंगमा कसैले बोलोस्, अनि भारतलाई भनौंला भन्ने सोच हुनसक्छ ।’

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस