२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमाले सर्वोच्च अदालतमा

काठमाडौं । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा (एमाले) सर्वोच्च अदालत पुगेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालतको ढोका ढकढक्याएको हो ।

कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।

हामीले रिट दर्ता गरेका छौ । संविधानको प्रक्रिया मिचेर सरकार बनाइएको छ, त्यसैले असंवैधानिक कदमविरुद्ध हामी सर्वोच्चमा आइपुगेका हौं, रिट दर्ता प्रक्रियामा गएको भण्डारीको भनाई छ ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस