२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डोटीमा घर भत्किँदा एक महिलाकाे ज्यान गयाे

डाेटी । डोटीमा घरभित्र च्यापिएर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षीया गंगा मलासी रहेकी छन् ।

आज बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनाको विस्तृत अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस