२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेशमा अर्थमन्त्रीले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको भन्दै एमालेद्वारा संसद्‍ अवरुद्ध

Madhesh Provincial Assembly blocked by UML

धनुषा । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशसभा बैठक बस्नासाथ एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको सशर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको हो । एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । एमालेका सांसदहरु यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै उभिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नुभयो । अहिले प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेका सांसदहरुसँग छलफल भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस