२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेको निधन

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । शुक्रबार साँझ ६:१५ बजे हृदयघाट भई ५२ वर्षीय पाण्डेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा ६:४५ बजे अस्पतालले मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक पाण्डेको दुई छोरा र श्रीमती हुनुहुन्छ । पाण्डेको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहनुभएका मृतक पाण्डे पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुनुहुन्थ्याे ।

उहाँ गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । शनिबार बिहान कालीगण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस