२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्‍ने हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताउनुभयो ।

उहाँले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताउनुभयो ।

‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्ने कुरा पहिल्यै थाहा छ । यो नभए यो भूतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन कि नेपालमा नयाँ प्रधानमन्त्री बन्न सक्छ, उहाँले भन्नुभयो, किनभने प्रधानमन्त्री बन्ने कुरा भूतपूर्व क्लबकै हुने जस्तो भयो ।

नेपालका राजनीतिक पार्टीहरु यस्ता भए । नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोसिस गरेको हो ।

 

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस