२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध

चितवन । सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड अपरान्ह ४ बजेदेखि अवरुद्ध भएको छ । अघिल्लो हप्ता तीन नम्वर पुलमा पहिरो खसे पनि अहिले कालिखोला स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

पहाड नै खसेकाले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिनुभयो । रुख, चट्टान र माटोसहित पहिरो खसेर पूर्णरुपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो झर्न रोकेपछि पन्छाएर अवरुद्ध बाटो खुलाउने प्रयास गर्ने प्रहरीले जानकारी दिएको छ । पहिरो जाने क्षेत्रमा सुरक्षा प्रदान गर्न, आपतकालीन सुरक्षा व्यवस्था गर्न मुग्लिन–नारायणगढ सडक खण्डको जलवीरेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

पहिरो जाने सम्भावित स्थानमा डोजर, सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस