२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टी सिद्धान्त र अपानी लत्याएर जनसंगठन भुल्दा एमालेलाई क्षति

काठमाडौं । पार्टीको नीति, सिद्धान्त र अन्तरपार्टी निर्देशन (अपानी) भुल्दा एमालेलाई क्षति भइरहेको छ । एमाले विश्वमा नै बलियो भातृसंगठन भएको पार्टीमा पर्दछ । २३ वटा भूगोल र फरक पेसा–व्यावसाय भएका जनसंगठन नेकपा एमालेमा छन् ।

जसमा हज्जारौ नेता र लाखौं कार्यकर्ता गोलवद्ध छन् । तर मुल पार्टी नेकपा एमालेका नेताहरुले बेला–बखत आफ्नो जनसंगठन छ भन्ने नै भुल्छन् । नेतृत्वका पूजारीहरु तल्ला संगठनको नेतृत्वमा पुग्दा पार्टी पंक्ति भुल्यो, यसको क्षति एमालेलाई नै छ । बडो दुःखका साथ भन्छु, पार्टीका काम र गतिविधिमा नेताहरुले जनसंगठनहरु भुलेका छन् अनेरास्ववियु खोटाङ–काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष रमेश दाहालले खोटाङ एमालेको एउटा भेलामा दु:ख व्यक्त गर्नुभयो ।

उहाँले यसअघिपनि ध्यानाकर्षण गराउँदा समेत पार्टीका नेतामा चेतना नभएको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो, पार्टीले बेला–बेला अन्तरपार्टी निर्देशन (अपानी) पठाएर झक्झक्याउँदा समेत लमतन्न सुतेको नेतृत्वको कानमा पुगेको छैन । सचेत युवाहरुको ठूलो पंक्ति पार्टींको जनसंगठनमा छ । एमाले कम्युनिस्ट पार्टी हो । यो लेनिनवादी सिद्धान्तमा आलोपित छ भन्ने समेत नबुझ्नेहरु नेता बनेका छन् ।

जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारी प्रदेश कमिटीको सदस्यको योग्यतामा हुन्छ, केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउनेछन् भनेर अपानीमा स्पष्ट पठाइएको छ । तर सबैभन्दा तल्लो कमिटीका पार्टी सदस्य सम्झिएर मात्र जनसंगठनका पदाधिकारी, नेतृत्व सम्झिने परिपाटी छ ।

यसले जनसंगठनमा क्रियाशील नेता–कार्यकर्ताहरुलाई पार्टी मुलधारमा रहेर काम गर्न असहज हुन्छ । त्यो असहजताले पार्टी बलियो हुन सकेको छैन दाहालले खुलेर नै गुनासो गर्नुभयो ।

जनसंगठनका नेता कार्यकर्ता क्षमता, योग्यता नभएर पार्टीको मुल संगठनमा नबसेका हैनन् । मेरो भूगोल त्यो हो, यो भूगोलबाट म पार्टीलाई बलियो बनाउँछु भनेर हामी जनसंगठनमा आवद्ध छौ । जनसंगठनबाट नै पार्टी बलियो बनाउन दिनरात काम गरिरहेका छौ । तर पार्टीका केही नेताहरु यो अर्कै पार्टीको हो जस्तो गर्छन् , दाहालले थप गुनासो गर्नुभयो ।

रमेश त प्रतिनिधि पात्र मात्र हुनसक्नुहुन्छ । देशभरका जनसंगठनका नेता-कार्यकर्तामा पार्टीका नेताप्रति गुनासो छ । कही पार्टीले बेवास्ता गरेको त कही सामान्य सिद्धान्त समेत जानकार नभएका व्यक्तिहरु नेतृत्वमा पुग्दा ढंग नपुर्याएको उहाँहरुको बारम्बार गुनासो आउँछ । एमालेले यो गुनासो मत्थर गर्न सके यसले पार्टीलाई झनै लोकप्रिय र बलियो बनाउँने थियो ।

 

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस