२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वार्थी समूहको सलबलपछि खोटाङमा एमाले झनै बलियो

काठमाडौं । नेकपा (एमाले) खोटाङको शीर्ष नेतृत्वले पार्टीमा स्वार्थी समूहको सामान्य सलबलले पार्टी झनै बलियो भएको निश्कर्ष निकालेको छ । नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–काठमाडौं सम्पर्क मञ्चको भेलामा सहभागी र शीर्ष नेताहरुले पार्टीमा स्वार्थी समूहको केही अंश सलबलाएको सुनाउनुभयो ।

तर यसले एमाले नै झनै बलियो भएको उहाँहरुको भनाई थियो । केही व्यक्तिहरु खहरेको बाढी देखेर त्यता पो अवसर पाइन्छ कि ! भन्दै पार्टी छोड्न खोजे । त्यसको असर भने पार्टी पंक्तिमा कतिपनि रहेन, नेकपा एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएका खोटाङका शीर्ष नेता विशाल भट्टराईले भेलामा भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले देशभक्त, विकासका लागि मिसन र भिजन बोकेको पार्टी हो’ भन्ने जनस्तरसम्मको बुझाई भएकाले अहिले आउन खोजेको खहरे भेलले कुनै असर गर्दैन । अझ् खोटाङमा कम्युनिस्ट विचार, समाजवादी सोच र सिद्धान्तबाट सिंचित जनताको बहुदलीय जनवाद तथा समृद्ध नेपाल सुखी नेपाली कार्यदिशाबाट प्रभावित नागरिक भएकाले कुनैपनि पार्टीको क्षतिक लोभ र मोहमा कोहीपनि नफस्ने भट्टराईको भनाई छ ।

भेलामा सहभागी नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल लगायतका नेताहरुले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले अहिलेको सत्ता गठबन्धन आफ्नै कामले नागरिकबाट तिरस्कृत हुने र नयाँ भेलपनि २०८४ सम्ममा सुकिसक्के धारणा राख्नुभयो ।

भेलामा सहभागीहरुले पार्टी नेतृत्वले प्रतिपक्षमा भएका बेलापनि पार्टीका विभिन्न भेला तर छलफललाई झनै तिव्र पारेर पार्टी पंक्तिमा नयाँ शक्ति प्रवाह गरेको धारणा राखेका थिए । पार्टीभित्र केही असन्तुष्टि थिए । हिजो सत्तामा हुँदा कार्यकर्ता संरक्षणमा न्यायोचित नभएका गुनासा आएकै हुन् । तर अहिले पार्टी नेतृत्वले त्यो महसुस गरेर अब सबैसँग एक व्यवहार गर्नेगरी अघि बढिरहेको छ यसले एमालेलाई अझ धेरै उचाईमा पुर्याउँछ एक सहभागीले भनेका थिए ।

एमाले खोटाङले अहिले सबै पालिका स्तरका भेलाहरु सम्पन्न गरेको छ । काठमाडौंमा रहेर विभिन्न पेसा–व्यवसायमा क्रियाशील एमाले पंक्तिहरुको छुट्टा–छुट्टै भेला गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस