२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना

weather forecast nepal

काठमाडौं । आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एक/दुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

यसवर्ष मनसुन कम सक्रिय हुँदा अहिलेसम्म लगातार झरी नपरेको पनि महाशाखाले जनाएको छ । तर मनसुनी प्रणाली भित्रिने बेला असार पहिलो हप्ता पूर्वमा परेको पानीले मानवीय तथा भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष अहिलेसम्म विपदबाट ३४ जनाको ज्यान गएको छ । २५ जना बेपत्ता भएका छन् । ताप्लेजुङका ११ वटा र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाएको छ । यी पुल बगाउँदा १२ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पहिरोबाट निर्माणमा रहेका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै सञ्चालनमा रहेका १३ आयोजनामा क्षति भएको छ । ती आयोजनाको कूल क्षति आठ अर्ब ५० करोड बराबर छ । यस्तै, बाढी पहिरोका कारण ३१ वटा साना जलविद्युत् आयोजनामा ४४ करोड ९० लाख बराबरको क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको हो । सङ्घीय सरकारले मनसुनजन्य क्षतिमा अहिलेसम्म २० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस