२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमानसहित साइबर ब्यूरो पुगेर अभिनेत्री आँचल शर्माले दिइन् दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी

काठमाडौं । अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन दिएकी हुन् । उजुरी गर्न आँचल पति उदिपसँगै शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् ।

आँचलको निवेदनमा आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

आँचलका श्रीमान उदिपले चरित्र हत्या हुने गरि लगातार सामाजिक संजालबाट पोस्ट हुन थालेपछि आफूहरुले न्यायका लागि साइबर ब्यूरो पुगेको बताए ।

यसैबीच अभिनेता दयाहाङ राईले यस विषयमा फेसबुक पोस्ट गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् । आँचलले पनि आफूलाई यातना दिएर सामाजिक संजालमा मानसिक स्वास्थ्यको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् । आँचलको उजुरीपछि अहिले उक्त फेसबुक पेजहरु बन्द भएका छन् ।

 

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस