२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले भने, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी, आजै प्रधानमन्त्रीज्युले छुट पाउनुभयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको तर प्रधानमन्त्रीले आजै छुट पाएको टिप्पणी गर्नुभएको छ ।

उहाँले सर्वोच्च अदालतले आफूलाई दिएको तारिख पर्चा देखाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफू तारिखमा जान थालेको बताउँदै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भारतले प्रधानमन्त्री बनाउँछ भन्ने अभिव्यक्तिमा छुट पाएको बताउनुभयो ।

‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’, उहाँले लेख्नुभएको छ, ‘र आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’

उहाँले आदिपुरुष महानगरपालिकाभित्र चल्न नदिने अडानविरुद्ध परेको मुद्दामा तारिख पाउनुभएको हो ।

 

 

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस