२०८१ असार ४ गते सोमवार | 2024 June 17th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री श्रेष्ठ र बालेनबीच डिनर मिटिङ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच डिनर मिटिङ भएको छ ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँहरुबीच भेटवार्ता भएको उल्लेख गर्नुभएको छ । भेटमा जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भएको उहाँले उल्लेख गर्नुभएको छ । त्यस्तै, छलफललाई निरन्तरता दिने तथा देश र जनताका पक्षमा मिलेर परिणामुखी काम गर्ने आफूहरुबीचको सोच समान रहेको उहाँले लेख्नुभएको छ ।

‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो’, मन्त्री श्रेष्ठले लेख्नुभएको छ, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस