२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज सुनाइ हुँदै छ ।

निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको छ । सोही रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ । अघिल्ला मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले थापालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले समेत समर्थन गरेको उल्लेख छ ।

संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको तर्क गर्दै एमाले सर्वोच्च अदालतमा पुगेको हो ।

 

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस