२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वविद्यालयका सहप्राध्यापक अधिकारीलाई मस्तिष्कघात

काठमाडौं । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक राजेन्द्रप्रसाद अधिकारीलाई मस्तिष्कघात भएको छ । धुलिखेलस्थित विश्वविद्यालयको क्वार्टरमा बस्दै आउनुभएका अधिकारीको बोली अस्वाभाविक लागेपछि परिवारका सदस्यले अस्पताल लैजानुभएको थियो ।

गत जेठ ३० मा क्वार्टरमा बसेको समयमा बोली नेचुरल नभई केही अफ्ठ्यारो जस्तो गरी बोल्न थाल्नुभएपछि अस्पताल लग्यौं, अधिकारीकी श्रीमती सम्झना पोखरेलले भन्नुभयो, समयमै अस्पताल पुर्‍याउन सक्यौं । अहिले स्वास्थ्य अवस्थामा सुधार भएको छ । स्पीच र फिजिओथेरापी सुरु गरेका छौं ।

सम्झनाकाअनुसार अधिकारीको अस्पतालमै दायाँ हात र गोडा चल्न छाडेको थियो । धुलिखेलपछि बाँसबारीस्थित न्युरो अस्पतालमा थप उपचार गरेको पोखरेलले बताउनुभयो ।

२०७५ साल पुसको अन्तिम साता नेपालमा पहिलो सुपर कम्प्युटर भित्र्याउन भौतिकशास्त्रका सहप्राध्यापक अधिकारीले प्रमुख भूमिका खेल्नुभएको थियो । धुलिखेलस्थित आईटी पार्कमा सो कम्प्युटर राखिएको छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस