२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाइते

बैतडी । बैतडीको पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटनामा परेको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको हो ।

सोमबार दिउँसो लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको घटना स्थलका प्रत्यक्षदर्शी नवराज भट्टले बताउनुभयो । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस