२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल र भारत दुवै देशको नागरिकता लिएका उपप्रमुख यादवलाई पाँच दिन हिरासतमै राख्न आदेश

सप्तरी । नेपाल र भारत दुवै देशको नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत सप्तरीले अनुमति दिएको छ । अनुसन्धानका लागि उपप्रमुख यादवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार म्याद थप्ने आदेश दिएकाे हाे ।

उपप्रमुख मिरा र उहाँका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको थियो । कृष्णा कुमार यादवले भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

उपप्रमुख मिराकुमारी यादव र उहाँका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।

भारतको मतदाता सूचीमा मिराको नाम रहेको दाबी उजुरीमा गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मिराले पेस गरेको शपथ पत्र तथा भारतको निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण पनि उजुरीमा समावेश गरिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नं. ३ निवासी कृष्णकुमार यादवले दुई महिनाअघि उच्च अदालत जनकपुर–राजविराज इजलासमा दायर गरेको मुद्दामा गत जेठ ५ गते न्यायाधिशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।

गत असार १९ गते बुधवार अदालतको अनुमति पाएर प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दामा मिरा र उहाँका पति महेन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस