२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु पर्दैन : गृहमन्त्री श्रेष्ठ

Narayan Kaji Shrestha

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताउनुभएको छ ।

उहाँले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानून नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गर्नुभएको छ ।

ललिता निवास प्रकरणको अनुसन्धान तीव्र बनिरहेका बेला उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । ‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने छुट हुनेछैन,’ उहाँले ट्विट गर्दै भन्नुभएको छ, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

देश र जनताको हित बिरुध्द आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते ,ठगि ,भ्रष्टाचार , संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन । दोषी र अपराधी लाई भने छुट हुनेछैन । अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानून हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस