२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

किरा परेको मिठाइ बिक्री गर्ने पसललाई महानगरले १ लाख ५० हजार रुपैयाँ जरिबाना तिरायो

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले लाजिम्पाटमा रहेको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । किरा र ढुसी परेको मिठाइ बेचेको भेटिएपछि महानगरले जरिबाना गराएको हो ।

आकाश फुड्सले केही दिनअघि सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री–वितरण गरेको भेटिएको थियो । महानगरले सात दिनभित्र बजार अनुगमन समितिको खातामा रकम जम्मा गर्न आदेश पनि दिएको छ । तोकिएको समयभित्र जरिबाना नतिरे थप कारबाही हुनेसमेत महानगरले पसल सञ्चालकलाई जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस