२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दैलेखमा भैँसीकाे जिउले च्यापिएर वडासचिवको ज्यान गयो

दैलेख । भैँसीकाे जिउले च्यापिएर दैलेखकाे नारायण नगरपालिका–१० का वडासचिवकाे ज्यान गएकाे छ ।

वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हाे ।

गम्भीर घाइते हुनुभएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस