२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजेन्द्र लिङ्देनको संसदमा गर्जन : अलिकति नैतिकता भए प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैन

Rajendra Prasad Lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आफूहरुलाई बोल्न दिएकोप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखलाई आफ्नो विचार राख्न किन समय नदिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न दिएपछि आफूहरुलाई बोल्न नदिइ सभामुखले पद्धति मिचेर सत्तापक्षलाई दिएको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएकाले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईमा नैतिकता भन्ने चिज अलिकति भए राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन ।’

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस