२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बाेधन गर्न दिनुपर्छ : प्रमुख सचेतक यादव

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्नसमेत नदिएर संसदमा अवराेध गर्ने एमालेकाे कामले कसैलाई पनि फाइदा नपुग्ने उहाँको भनाइ थियो ।

आइतवार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसदमा अवराेध गरेर देश झनै सङ्कटमा फस्दै जाने अवस्था आएको जिकिरसमेत गर्नुभयो । उहाँले संसदमा अवराेध गरेर एमालेले सिङ्गो देशलाई नै घाटामा पार्ने काम गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र धराशायी भएको बेलामा यसरी संसदमा अवराेध गरेर देशले निकास पाउँदैन । झन् देश सङ्कटमा फस्दै जान्छ । त्यस कारण संसदमा अवराेध गरेर समस्याको समाधान हुँदैन । संसदमा बहस गरेर समस्या समाधान हुन्छ ।’

प्रमुख सचेतक यादवले प्रधानमन्त्रीले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने उल्लेख गर्नुभयाे । उहाँले संसदमा अवराेध गर्नका लागि नागरिकले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस