२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनाङ एयरको हेलिकप्टरमा सवार ५ जनाको मृत्यु, एक जान बेपत्ता

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस