२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लुक्लाको यो भयावह दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

काठमाडौं । १ वैशाख २०७६, नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भएको थियो । लुक्लाबाट रामेछापका लागि उडेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट आकाशतर्फ नउक्लिदै चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो ।

जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको थियो । उनीहरुपनि उडानका लागि हेलिकोप्टर तयार गर्दै थिए । विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा ठूलो क्षति भयो ।

सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।

५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७–९८ देखि निरन्तर उडानमा थिए । उनीसँग ७ हजार घण्टा हवाई उडानको अनुभव थियो । तर आज उनीसँगै पाँच जना मेक्सिकन नागरिकको दुखद निधन भयो । विमानपनि भाग्नावशेषमा परिणत भयो ।

 

 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस