२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना

Manang Air helicopter crash at Lamjuradanda

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

बिहान ९ः५२ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन–एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो । ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्,’ कार्कीले भन्नुभयो ।

क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाउनुभएको थियो । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलले जानकारी दिनुभयो ।

हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर कँडेलले जनाउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । कोशी प्रदेशका प्रहरी महानिरीक्षक राजेशनाथ बास्तोलाले उद्धारका लागि प्रहरी खटाइसकिएको जनाउनुभएको छ ।

 

 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस