२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

आइएमई लाइफको आइपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन

IPO Share

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्। सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीले अन्तिम दिन अर्थात् सोमबारसम्ममा १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको जानकारी कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले दिएको छ।

लाइफ इन्स्योरेन्स कम्पनीहरूमा आइएमई लाइफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो। कम्पनीले १ सय ३६ रूपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रूपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा कुल ३ अर्ब ७४ करोड रूपैयाँ बराबरको आवेदन परेको हो।

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई वितरण गरिसकिएको छ। यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्काे ५ प्रतिशत अर्थात् ६ लाख कित्ता संस्थाका कर्मचारीहरूलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस