२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृतलाई घुससहित पक्राउ गरेकाे छ ।

आयाेगकाे टाेलीले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पदम विनाेद पाेखरेललाई एक लाख रुपैयाँ घुस लिइसकेकाे अवस्थामा आज मङ्गलवार पक्राउ गरेकाे हाे । सडक निर्माणकाे अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेकाे अवस्थामा पाेखरेललाई आयाेगले कार्यालयबाटै पक्राउ गरेकाे हाे ।

पक्राउ परेका पाेखरेलसँग आवश्यक अनुसन्धान भइरहेकाे आयाेगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयाे ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस