२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘मैले दश हजार प्रसूति गराएँ, एक जना शिशुको पनि मृत्यु भएन’

birth baby Success Nurse

काठमाडौं । दक्षिण भारतकी एकजना नर्सले ३३ वर्ष सेवा गरेपछि अवकाश लिन लागेकी छन्। उनले महिला स्वास्थ्यमा आफूले देखेका रूपान्तरण र फेरिएका व्यवहारको चर्चा गरेकी छन्।

“मैले सफलतापूर्वक १० हजार जना बच्चाहरूको जन्म गराएँ। ती सबै प्राकृतिक जन्म हुन् र मेरो कारणले कुनै पनि एउटा मृत्यु भएको छैन,” कथिजा बीबीले आफ्नो ३३ वर्ष सेवा अवधिमा सर्वाधिक जोखिममा रहेका क्षणमा महिलाहरूलाई सघाएको सम्झँदै भनिन्।

उनकै समयमा भारत उच्च मातृ मृत्युदर भएको देशबाट विश्वव्यापी औसतको नजिक रहेको देशमा रूपान्तरण भएको छ। उनले सानो परिवारको चाहना राख्ने परिवारहरू पनि देखेकी छन् जहाँ बालिकालाई तिरस्कार गर्ने भन्दा पनि उत्तिकै महत्त्व दिइन्छ।

सन् १९९० मा दक्षिण भारतको एउटा सरकारी स्वास्थ्य केन्द्रमा काम गर्न थाल्दा कथिजाको सात महिनाको बच्चा पेटमा हुर्किरहेको थियो।

“म आफैँ सात महिनाकी गर्भवती थिएँ तर मैले अरू महिलाहरूलाई सहयोग गरिरहेकी थिएँ। सन्तान जन्माएपछि दुई महिनाको छोटो सुत्केरी बिदा लिएर म काममा फर्किएँ,” उनी सम्झन्छिन्। “मलाई थाहा छ, सन्तान जन्माउनुअघि प्रसव वेदनाको चरणमा महिलाहरू निक्कै कठिन अवस्थामा हुन्छन् र उनीहरूलाई ढुक्क बनाउनु मेरो प्राथमिकता हो।”

झन्डै पाँच फिट अग्ली यी नर्स शान्त स्वभावकी छन्। उनको क्लिनिक तमिलनाडु राज्यको भिल्लुपरमभन्दा १५० किलोमिटर दक्षिणमा पर्छ। त्यसमा शल्यक्रिया गर्नका लागि उपकरणहरू छैन त्यही भएर उनले कुनै जटिलताहरू पहिचान गरिन् भने तुरुन्तै गर्भवती आमाहरूलाई जिल्ला अस्पताल पठाउने गर्छिन्।

 

 

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस