२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गयो

गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ को नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान भएको हो ।

हिजो बेलुका आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा घाइते भएकी उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ।

टीकालाई उपचारको लागि बाग्लुङको बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस