२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब चै अति सजग भएर काम गर्छौं भन्दै बल्छी धुर्बेले ‘हल्का रमाइलो’ र ‘जुठे’ बारे यसो भने

काठमाडौं । अनलाइन सट्टेबाजी एप वान–एक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ९ जना कलाकार र युट्युवर यसैसाता रिहा भए । ३० दिनको हिरासत बसाइपछि उनीहरु अदालतको आदेशमा छुटेका थिए । यसरी रिहा हुनेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी धुर्बेपनि छन् । जेलबाट छुटेपछि धुर्वेले अब चै अति नै सचेत र सजग भएर काम गर्ने बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै बल्छी धुर्बेले हिरासत बसाइको अनुभव बाँड्दै छिट्टै काममा फर्कने बताएका छन् । ‘हल्का रमाइलो’ अर्को आइतबार र ‘जुठे’ दुई सातापछि प्रसारण हुने उनले बताए । आफूहरु केही मानसिक रुपमा समस्यामा रहेको बताउँदै बल्छी धुर्बेले आगामी दिनमा सजग भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

 

 

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस