२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट पार्नुभएको छ । शनिबार विराटनगरमा पत्रकार‍सँगको महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तन गरेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले कांग्रेसको संसदीय दलको विधानले दलको नेता परिवर्तन गर्न पाउने व्यवस्था रहेको बताउनुभयो । ‘हाम्रो पार्टीको संसदीय दलको विधानले दलको नेता परिवर्तन गर्न पाउने व्यवस्था छ। संसदीय दलको नेता परिवर्तन गर्ने ठाउँ विधानले दिएको छ। विगतमा पनि संसदीय दलको नेता बदलेको इतिहास छ।’ महामन्त्री थापाले भने ‘म त दलको नेतामा म हुनुपर्छ भनेर ठानेर प्रतिस्पर्धा गरेको हुँ। म अहिले पनि देशको आवश्यकताका आधारमा म संसदीय दललाई राम्रोसँग हाँक्न सक्छु। यस अगाडि पनि मैले त प्रयास गरेको हो, साथीहरुले साथ नदिएर मात्र हो। मैले गरेको प्रयासमा साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने जतिखेर महसुस हुन्छ त्यसपश्चात अवश्य प्रयास हुन्छ। मेरो निरन्तर कोसिस हुन्छ।’

गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको थापाले स्मरण गराउनुभयो । हाल कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा रहनुभएको छ । संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत ल्याएर विजयी हुनुभएको थियो । देउवाका प्रतिस्पर्धामा रहनुभएका महामन्त्री गगन थापाले २५ मत मात्र ल्याउनुभयो ।

उहाँले साउन २ गतेबाट पार्टीको केन्द्रीय समिति सुरू हुने बताउनुभयो । उहाँले बैठक लामो समयमा बसेकाले धेरै विषय उठ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आगामी बैठकले नीति महाधिवेशनको मिति तय गर्छौं र नीति महाधिवेशनले पार्टीले गरेको निर्णय‍को समीक्षा र भावी कार्यदिशा तय गर्छ।’ उहाँले निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नीति महाधिवेशनले ब्रेक लगाउने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस