२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्य घट्यो, चाँदी स्थिर

today gold price in nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस