२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।

यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र स्वचालित मूल्य लागु गर्दै गए पनि त्यसपछि निगम ऋण चुक्ता गर्न सफल भएको थियो ।

आव २०७६/७७ सम्म नाफा कमाएको निगमले रुस–युक्रेन युद्धका कारण महँगो मूल्यमा खरिद गरेर सस्तोमा बिक्री गर्दा डेढ वर्षसम्म घाटामा गएको थियो । त्यति बेला जग्गा धितोमा राखेर र नेपाल सरकारसँग ऋण लिएर तेल खरिद गर्दै आएको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापत २४ अर्ब रकम बक्यौता तिर्न बाँकी रहेको थियो ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि आइओसीलाई बक्यौता रकम तिर्न सफल भएको निगमले जनाएको छ । जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्कमार्फत लिएको ऋणसमेत तिर्न सफल भएको निगमले जनाएको छ । पछिल्लो समय लगातार इन्धनको मूल्य घट्दै गएपछि बक्यौता रकम तिरिसकेर नाफा गएको छ । हाल सबै पेट्रोलियम पदार्थमा निगम नाफामा रहेको छ ।

नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् । निगमले स्थानीय बजारमा मूल्यसमेत घटाउँदै आएको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेल/मटितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस