२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झुण्डिएको अवस्थामा फेला परेका नायक सारुक ताम्राकारको मोबाइल रिपोर्ट बारे प्रहरी बोल्यो

काठमाडौं । रातोपुलको शहीद मार्गस्थित घरमा झुण्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मृत्युको कारण खोजी अघि बढेको छ । उनको मोबाइल जाँचसम्बन्धी रिपोर्ट आउन भने, कम्तिमा पनि दुई साता लाग्ने देखिएको छ ।

असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । ल्याबका एक अधिकृतका अनुसार, देशभरिको प्रहरी कार्यालयबाट डिजिटल जाँचका लागि प्राप्त हुने विवरण प्रहरी प्रधान कार्यालयको डीएफएलबाटै परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट तयार गर्न समय लाग्छ । रिपोर्ट दिएपछि पनि डीएफएल जाँचमा संलग्न अधिकृतले पछि अदालतमा बकपत्र समेत दिनुपर्ने भएकाले रिपोर्ट आउन समय लाग्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार, सामान्यतयाः डीएफएल चाँजको नतिजा आउन अढाइ महिनासम्म लाग्ने गरेको छ । तर, राष्ट्रिय महत्व र चर्चामा रहेकाहरु शंकास्पद घटनाहरुमा प्रहरीले प्राथमिकता दिएर पहिले छानबिन गर्ने गरेको उहाँले बताउनुभयो ।

‘त्यसरी फास्ट ट्याकबाट काम हुँदा पनि रिपोर्ट आउन कम्तिमा दुई साता लाग्छ’, एक अधिकृतले जानकारी दिनुभयो । ‘डीएफएलमा खटिने जनशक्ति थोरै र कामको चाप धेरै भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस