२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री एमाले नेता बैंकिङ कसुरमा पक्राउ

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेपछि जसपाले उनलाई कारबाही गरेको थियो । त्यसपछि गत निर्वाचनको बेला एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस