२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लमजुङमा सुनको सिक्री लुट्ने युवक पक्राउ, हुनसक्छ १० बर्षसम्म कैद

तनहुँ । जिल्ला प्रहरी कार्यालय लमजुङले महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले तनहुँको भानु नगरपालिका– ७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई पक्राउ गरेको हो। उनलाई राइनास नगरपालिका– ६ को जंगलबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रमलले आइतबार अपराह्न साढे ४ बजेतिर खतिवडा जंगलको बाटोमा ढुकेर बसेको र पोखराबाट साउने संक्रान्ति मनाउन माइत आएकी राइनास नगरपालिका– ६ का लक्ष्मी नेपालीको पिछा गरेर उहाँले घाँटीमा लगाएको एक तोला २१ लालबराबरको सुनको सिक्री लुटेर भागेका थिए।

घटनालगत्तै महिला र स्थानीयले प्रहरी चौकीमा खबर गरेपछि केहीबेरको खोजतलासमै घटनास्थलनजिकैको जंगलबाट खतिवडालाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी श्रीमलले बताउनुभयो । उहाँका अनुसार खतिवडालाई मंगलबार लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जंगलमा ढुकी चोरी गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । रोचक, खोजमुलक, ब्रेकिङ्ग न्यूज हेर्नका लागि यो च्यानल Subscribe गर्नुहोला । सबै नि:शुल्क छ । अहिले नै गर्नुहोला ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस