२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको हो । विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।

विभिन्न उपकरणहरुभित्र राखेर सुन ल्याएको देखिन्छ, छापा मार्न संलग्न स्रोतले भन्यो, भन्सार विमानस्थलको स्क्यानरले समेत पत्ता लाउन नसक्ने गरी भित्र्याइएको देखिन्छ । सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो ।

अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन । सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस